कांग्रेस सोलुको सभापति चयनका लागि मतदान सम्पन्न, ८९७ मत खस्यो

  हिमाल समाचार
959 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति चयनका लागि मतदान सकिएको छ । आज दिउँसो देखि शुरु भएको मतदान साँझ ६ बजेको पेरिफेरीमा सकिएको हो ।

निर्वाचनमा ८९७ मत खसेको छ । पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारको खसेको मतको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन मिति तय गरिएको थियो ।

९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा कांग्रेस सभापतिका लागि निर्वतमान पार्टी सभापति विनोद बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा चुनावी प्रतिस्प्रर्धामा छन् । पहिलो चरणको निर्वाचनमा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत ल्याएका थिए ।

त्यसबेला ८८३ मत खसेको थियो । अहिले १५ मत बढि खसेको छ । मतगणना केही समयपछि शुरु गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार