एमाले सोलुले पाएन केन्द्रिय सदस्य

  हिमाल समाचार
791 Shares

सोलुखुम्बु – नेकपा एमाले केन्द्रमा जिल्लाबाट प्रतिनिधित्व गर्ने तिब्र चाहना बोकेका एमाले सोलुका नेताहरुले १० औँ महाधिबेशनबाट पनि केन्द्रिय सदस्य पाएनन् । सहमतिका लागि भन्दै केपी शर्मा ओलीले सार्वजनिक गरेको सूचीमा सोलुका कुनै पनि नेता परेनन् ।

जिल्लाबाट पुर्व पार्टी अध्यक्ष मानवीर राईलाई साझा उम्मेदवार बनाउने र केन्द्रिय सदस्य बनाउने साझा धारणा बनाएर चितवन पुगेका सोलुका नेताहरु रित्तो फर्किएका छन् । उनीहरुले उम्मेदवार दिने समेत हिम्मत गरेनन् । उद्यपी, उम्मेदवारीको तयारी गरेको तर पार्टी नेतृत्वबाट मनोनयनबाट केन्द्रिय सदस्यमा समेट्ने आश्वासन पाएपछि पछि हटेको बताइएको छ ।

जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाका अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न पाउने विधान अनुसार सोलुलाई समेट्ने आश्वासन आएकाले उम्मेदवारी नदिएको बताए । यसअघि नै केन्द्रिय सदस्य बनाउने आश्वासन पाएका राईले नेकपा विभाजनपछि अध्यक्ष पदबाट राजिनामा दिदै उपाध्यक्ष बास्तोलालाई जिल्ला अध्यक्ष बन्ने बाटो खोलिदिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार