सोलुका तीन स्थानीय तहले राख्यो नगर तथा गाउँ प्रहरी

  हिमाल समाचार  225 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुका तीन स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । जिल्लाका आठ वटा स्थानीय तह मध्ये ३ स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका हुन् ।

सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्न, विपद व्यवस्थापन सम्बन्धि खोजी, उद्धार, राहत तथा पुर्नस्थापना लगायत अनाधिकृत निर्माण एवम सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा सेवा करारमा गाउँ तथा नगर प्रहरीको नियुक्ती गर्न सकिने प्रावधान रहेको छ ।

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भए बमोजिम सोलुदुधकुण्ड नगरपालिकाले १० जना नगर प्रहरी, थुलुङ दुधकोशी गाउँपालिकाले ५ जना र नेचासल्यान गाउँपालिकाले ५ जना गाउँ प्रहरीमा नियुक्त गरेको छ ।

नेचासल्यान गाउँपालिकाले मंगलबार नतिजा सार्वजनिक गरेको छ । गाउँ प्रहरी राखेपछि विभिन्न कामकाजमा सहयोग पुगेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अधिकृत नवदिप राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार