एनएमएले तीन हजार मजदुरलाई राहत दिने

  हिमाल समाचार
378 Shares

सोलुखुम्बु – नेपाल पर्वतारोहण संघले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदुरलाई रहत दिने भएको छ । संघका अध्यक्ष सन्तवीर लामाका अनुसार संघमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावितलाई राहत दिन लागिएको हो ।

राहतका लागि संघलाई जापानको निप्पोन फाउण्डेसनले सहयोग गरेको छ । पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने अध्यक्ष लामाले बताए । ‘निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै दुई करोड ५० लाख) दिने सहमति भएको छ । मजदुरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने छ ।

त्यस्तै सघले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५ सय पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डर समेत वितरण जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार