कतारसँग सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौँ-  कतारसँग सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ ।

नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच  घरेलु कामदारका रुपमा जानेहरुकाे  सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ ।

साथै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनर्स्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार