देउसामा शुरु महिला तथा पुरुष भलिबल प्रतियोगीतामा ४० टिमबीच प्रतिस्प्रर्धा हुने

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र निकट वाइसीएल र अनेरास्ववियु क्रान्तिकारी देउसाको संयुक्त आयोजनामा सुरु भएको अन्तर जिल्ला वडा स्तरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगीतामा ४० टिमले प्रतिस्पर्धा जनाउने भएका छन् ।

प्रतियोगीतामा महिला तर्फ १३ टिम र पुरुष तर्फ २७ टिमले प्रतिस्प्रर्धा गर्ने टुंगो लागेको आयोजकले जनाएको छ । प्रतियोगीतामा समान पुरस्कार राशी घोषणा गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टिमले ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

भलिबल संगै देउसा सिङ्गिङ आइडल र देउसा डान्स स्टार समेत आयोजना गरिनेछ । पुस ३ सम्म चल्ने प्रतियोगीता अवधिभर स्थानीय तथा राष्ट्रियस्तरका कलाकर्मीले आ–आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार