ओमिक्रोनको प्रभावका कारण नेदरल्याण्डमा लकडाउन

  हिमाल समाचार
0 Shares

काठमाडौं- नेदरल्याण्डमा कोरोना भाइरसको  नयाँ भेरियन्ट ओमिक्रोनको प्रभावका कारण लकडाउन भएको छ ।
शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै आइतबार बिहान ५ बजेदेखि लकडाउन लागू हुने घोषणा गरेका हुन् । उनले अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द रहने जानकारी दिए ।

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार