प्रवासी नेपालीको लगानीले हामीलाई टिकाइरहेको छ : गायिका किराँती

खोटाङबाट उदाएकी भर्सटायल गायिका

  हिमाल समाचार
245 Shares

खोटाङमा जन्मेकी हुन्, गायिका बबिना किराँती । फरक स्वादको स्वर लिएर गायनमा होमिएको धेरै बर्ष भएको छैन् । उनको स्वरको क्वालिटी र गायक स्टायललाई धेरैले मन पराएका छन् । अचेल उनी दिनहू झैँ रेकर्डिङमै व्यस्त हुन्छिन् । उनको स्टुडियो धाउदैमा दिन जान्छ ।

हक्की स्वभावकी बबिना एक पछि अर्को सफलताको सिँढी चढ्दैछिन् । उनलाई ‘माथी माथी हिमाली भेग’बोलको गीतले सफलता दिलायो । बजारमा पठाएको झण्डै एक बर्षपछि उक्त गीतको एउटा अंश ‘चरी भए भुरुरु जान्थे उडेर’टिकटककर्ताको रोजाई परेपछि यूटुवमा खोजी हुन थाल्यो । केही लाखमा अझिल्एको भ्यूजलाई ह्वात्तै बढायो । अहिले उक्त गीतलाई २० लाख दर्शकले नजर लगाएका छन् । जुन गीतको सृजना डिआर अटुले गरेका थिए ।

गायिका बबिनाले पश्चिमेली प्याटनको गीत पनि गाएकी छिन् । उनले स्वर दिएको ‘भण्डारीको गोठ’लाई पनि दर्शकले मन पराएका छन् । आधुनिक, लोक पप, दोहोरी जनराको गीतलाई न्याय गर्न सक्ने उनले पाएको पछिल्लो गीत ‘लाहुर जाने लाहुरे’डिजिटल बजारमा छ । जुन गीत अमेरिका बसोबास गर्दै आएका गौतम सागर राईको सृजना हो ।

गायिका बबिना किर्तिमानी गायिका पनि हुन् । अघिल्लो बर्ष विश्वकै अग्लो स्थानमा रेकर्ड र छायांकन गरिएको म्यूजिक भिडियोमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल गीत ‘गोक्यो रि’मा पनि उनको स्वर रेकर्ड छ । जुन गीत ४८१४ मिटर उचाईमा सोलुखुम्बुमा अवस्थित गोक्यो तालको समिपमा पुगेर लाईभ रेकर्ड तथा खिचिएको थियो । उनै गायिका संग सहकर्मी शिखरले गर्नुभएको कुराकानीको सम्पादित अंश :

पछिल्लो रिलिज गीत कुन हो ?
‘लाहुर जाने लाहरे’ हो । जुन गीतमा गौतम सागर राईको शब्द र संगीत छ । उहाँ अमेरिकामा बस्नुहुन्छ । घर त सोलुखुम्बु हो ।

सहकार्यको वातावरण कसरी जुट्यो ?
अ…पहिले पनि ‘मायाले बोलायो’ भन्ने गीत गरेका थियौँ । त्यो गीतमा मणिराज बस्नेतको शब्द र गौतम सागर राईको संगीत रहेको थियो । त्यही बेला फेरि फेरि पनि सहकार्य गर्नुपर्छ है भन्ने कुरा चलेको थियो । केही महिना पछि फेरि ‘लाहुर जाने लाहरे’ गाउन पाए । खुसी छु । मलाई माया गरेर सम्झनु भो । उहाँहरुलाई धन्यवाद ।

कोभिडले कस्तो प्रभाव पा¥यो ?
पक्कैपनि कोभिडले सबै क्षेत्रलाई प्रभाव पा¥यो नै । तर गीतसंगीत खास प्रभावित भएन । स्टेजको कार्यक्रम ठप्प भएपनि गायक गायिकालाई स्टुडियोको काम जेनतेन भइनै राख्यो । जस्ले गर्दा हामीजस्तो कलाकारलाई काठमाण्डौँमा बाँच्न सहयोग पुग्यो । यो बीचमा विदेशमा रहने नेपालीहरु, जस्लाई गीत संगीतप्रति मोह छ । उहाँहरुको गीत, संगीत गाउने काम चलिरह्यो । उहाँको प्रोजेक्टले नेपालमा हामीलाई बचाउन सहयोग ग¥यो । खास गरि विदेशमा मानिस रहरले काम गर्नका लागि जादैन् होला । घरपरिवारसंग टाढा बस्दा मनका भावनाहरु गीत बन्दो रहेछ । रेकर्ड गराउन न भन्ने सोच आउदो रैछ । त्यसरी रेकर्ड हुने गीत बाक्लो छ ।

यसो भन्न सकिन्छ, प्रवासी नेपालीको लगानीले गायक गायिकाको रोजिरोटी चलेको छ ।
हो नी । यो त प्रायःगायक गायिकालाई महसुस पनि भएको होला । प्रवासी नेपालीको लगानीबाट संगीत बजार गतिशील बनेको छ । नत्र भने नेपालमा रहनेको लगानीले संगीत क्षेत्र यति गतिशील बन्न सक्थेन होला की ? हिजो भन्ने गरिन्थ्यो नी कलाकारलाई बाँच्न गाह्रो छ । अहिले निकै सहज बन्दै गएको छ । त्यसमा प्रवासी नेपाली लगानीकर्ताको ठूलो हात छ । कतिले बुझेर लगानी गर्नुभएको छ, कतिले लहैलहैमा लगानी गर्नुभएको छ । त्यो फरक विषय होला । उहाँको लगानी गर्दा नेपालमा धेरै कलाकर्मी, प्राविधिकको पेट पालिएको छ ।

पारिवारिक सहयोग, सर्मथन कस्तो छ ?
पारिवारिक सहयोग छैन् भने त म कहाँ यहाँ हुन्थे र । गर्नुहुन्छ । सफलताको गन्त्व्य भेट्नका लागि व्यक्तिले कति सघर्ष गर्छ ? भन्ने होला तर त्यो सर्घषको लागि ब्याम सर्पोट त परिवारकै चाहिन्छ । मैले गीत गाउछु भन्ने थाहा पाएपछि आफन्त र गाउँलेले थप हौसला दिनुभएको छ । त्यसैले त सघर्ष गरिरहेकै छु । जीवनयात्रामा कहिलेकाँही विचलित पनि हुन पुगिन्छ । त्यसबेला हरेश खानुहुदैन् हिम्मतसहित अघि बढियो भने सफलताको स्वाद चाख्न पाईन्छ भन्ने मेरो भोगाई र बुझाई हो ।

गीत संगीतको अधिकांश लगानी डुब्ने परिस्थति छ नी ? के भन्नुहुन्छ ।
यो लगानीकर्तामा भर पर्ने कुरा भो । उस्ले के सोचेर लगानी गर्दैछ । आत्मसन्तुष्टि मात्र सोचेको छ की वा धेरैथोर लगानी रिर्टन पनि होस् भन्ने छ की । उस्ले संगीत क्षेत्रको वर्तमान अवस्था कति बुझेको छ । यस्मा पनि भर पर्ने भयो । अन्धाधुन्ध लगानी त डुब्ने नै भो । बुझेर, सृजनाको गुणस्तर, टिम हेरेर काम गर्दा रिर्टन हुने अवस्था पनि छ । कतिपय निर्माताहरु लगानी फिर्ता गरेर कमाई पनि रहेका छन् । पुरै नराम्रो भन्ने पनि होईन् । सकारात्मक पाटो पनि छ । भलै, लगानीको पुरापुर सुरक्षा छैन् । अहिले अधिकांश मानिस रहर पुरा गर्नका लागि संगीतमा लगानी गरिरहेको छ । नेपालमा हुदा पुरा गर्न नसकेको रहर विदेश गएसी पुरा गर्नेहरु धेरै छन् । विदेशमा नेपालमा भन्दा अलि बढि कमाईन्छ । धेरथोर बचाईन्छ पनि । त्यसैले पनि मनोरञ्जनको क्षेत्रमा लगानी गर्न तयार हुन्छन् । लगानीकर्तालाई निकै विचार गरेर गर्नका लागि मैले पनि सुझाव दिदै आएको छु ।

तपाईले गाएको गाएको एउटा गीतले विश्व रेकर्ड पनि कायम गरेको छ नी ?
हो । विश्वकै अग्लो स्थान ४ हजार ८१४ मिटर उचाईमा सोलुखुम्बुमा अवस्थित गोक्यो तालको समिपमा पुगेर लाईभ गीत रेकर्ड गरेर भिडियो पनि खिचेका थियौँ । सोही गीत र भिडियोले विश्वकै अग्लो स्थानमा छायांकन गरिएको भिडियोको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमानी कायम गरेको थियो । गीतको बोल ‘गोक्यो रि’हो । जुन गीतमा मिलन किराँतीको शब्द, विक्रम राईको संगीत रहेको छ । मैले गाएको छु । यो मेरो जीवनको अविस्मरणीय र महत्वपुर्ण प्रोजेक्ट हो । यस्ले मलाई मात्र होईन, मेरो साथी सन्च राईले नेतृत्व गरेको टिमले किर्तिमानी काम सफल भएका थियो । ‘गोक्यो रि’बोलको गीतले त्यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा थप टेवा पु¥याउछ र यो रेकर्डले नेपालको परिचयमा एउटा इट्टा थपेको छ भन्ने मलाई लाग्छ । त्यो प्रोजेक्टमा गोक्यो पुगेर फर्कदाको रमाईलो र कष्टप्रद दुवै अनुभव छ । यो कामबाट म सन्तुष्ट छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार