देउसा भलिबलको उपाधि मानेभञ्याङ २ र वाईसियल थुलुङ दुधकोशी ७ ले जिते

  हिमाल समाचार
588 Shares

सोलुखुम्बु – सोलुखुम्बुको देउसामा सम्पन्न अन्तर वडा स्तरिय भलिबलकोे उपाधि महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिका २ ओखलढुंगा र पुरुषतर्फ वाईसियल नेपाल थुलुङ दुधकोशी ७ ले हात पारेको छ ।

नेकपा माओवादी केन्द्र निकट वाइसीएल र अनेरास्ववियु क्रान्तिकारी देउसाको संयुक्त आयोजनामा भएको भलबल प्रतियोगितामा महिलातर्फ महाकुलुङ ३ छेस्काम द्धितिय, सोताङ १ पावै तृतीय र तरुण दल थुलुङ दुधकोशी ७ देउसाले सान्त्वना स्थान हात पारेका छन् ।

पुरुष तर्फ नेचासल्यान २ सल्यान द्धितिय, युवा संघ नेपाल थुलुङ दुधकोशी ६ मुक्लि तृतीय र वाईसियल माप्य दुधकोशी ४ ले सान्त्वना स्थान ओगटेको छ ।

विजेतालाई ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार