खुम्बुमा ट्रेकिङ गाइड तालिम सम्पन्न

  हिमाल समाचार
189 Shares

काठमाडौं । पदयात्रा र पर्वतारोहणको मुख्य क्षेत्र मानिने सोलुखुम्बुको खुम्बु क्षेत्रमा पहिलो पटक ५ दिने ट्रेकिङ गाइड तालिमको आयोजना गरिएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र खुम्बु माउन्टेनेरिङ एसोसिएसनको संयुक्त आयोजनामा खुम्बु पासाङ ल्हामु गाउँपालिका– १ खरिखोलामा जारी पाँच दिने सहायक ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ ।

तालिममा खुम्बु क्षेत्रका २० जना पर्यटन मजदुरहरुको सहभागिता रहेको खुम्बु माउन्टेनेरिङ एसोसिएसनका अध्यक्ष आङदावा शेर्पाले जानकारी दिए । रक क्लाइम्विङ, हाइकिङ, प्याकिङ देखि पदयात्रामा गर्नुपर्ने अधिकांस सीपहरु दिइएको छ ।

दुर्गम मध्येमा पर्ने यस खुम्बु क्षेत्रमा पहिलो पटक तालिम आयोजना हुदाँ बर्षौ देखि पदयात्रा क्षेत्रमा लागेका मजदुरहरुले गाउँमै तालिम लिन पाएका छन् । यस अघि मनाङ र काठमाडौं आसपासमा मात्र तालिम हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार