सोलुखुम्बु – नेचासल्यान गोल्डकपको चौथो संकरण आगामी माघ ३ देखि ९ सम्म संचालन हुने भएको छ ।
‘खेलकुदको संस्थागत विकास हाम्रो पहिचान, सम्बृद्ध गाउँपालिका निर्माण अबको अभियान’ भन्ने नारासहित नेचासल्यान गाउँ खेलकुद विकास समितिको आयोजनामा हुने गोल्डकप लाहुरेचौर खेलमैदानमा संचालन हुनेछ ।
प्रतियोगीताका विजेताले एक लाख ५० हजार ५५० र उपविजेताले एक लाख एक हजार १०१ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमले नगद ३०–३० हजारको साथमा प्रमाणपत्र पाउनेछन् ।
उत्कृष्ट स्टाईकर, गोलकिपर, डिफेण्डर र गोलकर्तालाई नगद र प्रमाणपत्रले पुरस्कृत गर्ने नेचासल्यान गाउँपालिकाले जनाएको छ ।