‘सुपारी काँचो’बाट सन्तुलाई अवार्ड

  हिमाल समाचार  391 पटक हेरिएको

काठमाण्डौँ – लोक गायक सन्तु थापाले नवौँ म्यूजिक खबर म्यूजिक अवार्ड हात पारेका छन् ।

आईतबार काठमाण्डौमा सम्पन्न कार्यक्रममा कौडा गीत ‘सुपारी काँचो’बाट कल्चरल गीत गायनको विधाबाट थापाले अवार्ड हात पारेका हुन् । थापाले अवार्ड ग्रहण गरेपछि भने, ‘मौलिकता जर्गेनामा गरिएको गीतबाट अवार्डेड हुन पाउँदा निकै खुसी छु । यस्ले आगामी दिनमा यस्तै मौलिक सृजनासँग जोडिएर काम गर्ने हौसला मिलेको छ ।’

‘सुपारी काँचो’बोलको कौडा गीतमा गायक थापालाई सिन्धु मल्लले गायनमा साथ दिएकी छिन् । सुरेश राना मगरको सृजनामा १० महिना अघि सार्वजनिक गीत सन्तु थापाको व्यक्तिगत यूटुव च्यानलमा अपलोड गरिएको हो ।

गयक थापाका ‘रेसुंङगा डाँडा’(सालैजो), ‘तम्घास बजार’ र ‘लाहुरे दाइलाई’(पन्चेबाजा), ‘आयो महाराजै’(ख्याली भाका), ‘शिरै चढाउला’(सोरठी)लगायतका गीत डिजिटल बजारमा हेर्न र सुन्न पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार