नेपालको भलिबल टोलीलाई भव्य स्वागत

  हिमाल समाचार
7 Shares

काठमाडाैँ- एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् ।

नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

एसियन सेन्ट्रल जोनमा विजेता बनेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा मन्त्री गहतराजले  नेपालले एसियन गेम्सको आगामी संस्करणमा भलिबलको महिला र पुरुष दुवै स्पर्धामा भाग लिने  निर्णय लिएको जानकारी दिए ।

एसियन गेम्सका लागि तत्काल तयारी थाल्न पनि उनले टिमलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार