माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सोलुका दुई नेता दोहोरिए

  हिमाल समाचार
1.2k Shares

काठमाण्डौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा हिमाली जिल्ला सोलुखुम्बुबाट दुई नेता दोहोरिएका छन् ।

आठौँ महाधिबेशन अन्तरगत आज अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको लिष्टमा खुलाबाट शिव कुमार बस्नेत ‘राजेन्द्र’ र यूवाबाट हेम कुमार राई ‘सुरवीर’केन्द्रीय सदस्यमा दोहोरिएका हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका हेम कुमारले यसअघि जिल्ला इन्चार्जको समेत जिम्मेवारी पनि पाएका थिए । शिव लिखुपिकेका हुन् भने हेम नेचासल्यानका हुन् ।

केन्द्रीय सदस्यमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक समेत रहेका गोम्बु शेर्पाले दाबी गरेपछि उनी प्रचण्डको लिष्टमा परेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार