काँग्रेस नेत्रि बस्नेत सांस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित

  हिमाल समाचार
3.7k Shares

सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुकी युवा नेतृ तथा कलाकार शान्ति बस्नेत नेपाल सास्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित भएकी छिन् ।

१४ औँ जिल्ला अधिबेशनको क्षेत्रीय प्रतिनिधि समेत रहेकी बस्नेतले गित संगितको क्षेत्रबाट लोकतन्त्रको प्रबर्धनमा योगदान दिएको भन्दै सांस्कृतिक संघले केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।

लेखक तथा गितकार बस्नेतले सांस्कृतिक गतिविधिका माध्यमबाट पार्टीको संगठन सुदृढिकरणमा भुमिका खेलेको भन्दै संघका केन्द्रिय अध्यक्ष तीर्थबहादुर थापाले केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएको हो ।

काँग्रेस नेतृ बस्नेतले पछिल्लो समयमा लोकतन्त्रको प्रबर्धनका लागि विभिन्न पत्रपत्रिकामा लेख लेख्ने कार्यका साथै दर्जनौ गितको रचना तथा गायन क्षेत्रमा समेत सक्रियता जनाउदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार