सोलुमा अलैँची उत्पादनमा गिरावट

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा अलैँची उत्पादनमा गिरावट आएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७६–७७ को तुलनामा आर्थिक वर्ष २०७७–७८ मा अलैँची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कले देखाएको हो ।

२०७६–७७ मा ८४ मेट्रिकटन अलैचि उत्पादन भएकोमा २०७७–७८ मा ६९ मेट्रिकटन अलैची उत्पादन भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी कुल बहादुर राईले जानकारी दिए । अलैँचीको उत्पादकत्व पनि जिल्लामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिहेक्टर ०.८९ मेट्रिकटन उत्पादन भएको गत आर्थिक वर्षमा प्रतिहेक्टर ०.७६ मेट्रिकटन उत्पादन भएको हो । हाल जिल्लामा १६५ हेक्टरमा अलैँची खेति भएको छ । तर उत्पादनशील क्षेत्र भने ९१ हेक्टर रहेको छ ।

जिल्लामा विभिन्न रोग किराका कारण अलैँची उत्पादनमा गिरावट आएको कृषकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार