एमाले सोलु : जिल्ला अधिवेशनको तयारी पुरा

  हिमाल समाचार  299 पटक हेरिएको

सोलुखुम्बु – नेकपा एमाले सोलखुुम्बुको ७ औ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

भोली देखि हुने अधिवेशनले एमाले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ५१७ जना प्रतिनिधि सहभागि हुँदैछन् ।

प्रतिनिधिले जिल्ला कमिटीको ५ जना पदाधिकारी सहित ९० जनाको जिल्ला कमिटी चयन गर्ने एमाले नेचासल्यान अध्यक्ष तथा अबिधेशन प्रचार समितिका संयोजक जगनाथ बास्तोलाले जानकारी दिए ।

एमालेले पदाधिकारी र जिल्ला कमिटीमा सदस्य बन्नका लागि मापदण्ड तय गरेको छ । सोलु एमालेमा वर्तमान पदाधिकारी नै दोहोरिने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार