चिकित्सकविहिन प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको विषयमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

  हिमाल समाचार
1.3k Shares

काठमाण्डौँ – चिकित्सकविहिन बनेको सोलुखुम्बुको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको विषयमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराइएको छ ।

नेचासल्यान गाउँपालिकाका यूवाहरुको टोलीले ९ महिनादेखि चिकित्सकविहिन स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्थापन र दीगो संचालनका लागि स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

स्वास्थ्य केन्द्रमा रिक्त एक चिकित्सकसहित हेल्थ असिष्टेन्ट, स्टाफ नर्स, अहेव, ल्याब असिष्टेन्टको व्यवस्था गरि २४ घण्टे आकस्मिक सेवा शुरु गर्नुपर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गरेर डेन्टल सर्भिस र आँखा क्लिनिक शुरु गर्नुपर्ने, प्रर्याप्त औषधि उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइएको टोली अगुवा चन्द्र आचार्यले जानकारी दिए ।

टोलीले डिजिटल एक्स–रे मेसिन खरिदको लागि केन्द्र सरकारले पठाएको १८ लाख बजेट फिर्ता हुनुको जवाफ माग गरि सोही मेसिन खरिदका लागि रकम सोधभर्ना गर्नका लागि माग गरिएको छ । मागपत्र बुझ्दै स्वास्थ्य मन्त्री खतिवडाले करारमा चिकित्सक नियुक्तीको लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डेन्टल उपकरण जनशक्ति अभावमा प्रयोगविहिन बनेको छ । तत्कालिन अवस्थामा कार्यरत डा. अभिषेक सुमन अध्ययन विदामा बसेपछि ९ महिना देखि स्वास्थ्य केन्द्र चिकित्सकविहिन बनेको छ । जस्ले गर्दा नेचासल्यानका नागरिकले उपचारका लागि जिल्ला अस्पताल फाप्लु वा मिसन अस्पताल ओखलढुंगा धाउनुपर्ने बाध्यता सृजना भएको छ ।

ध्यानाकर्षणमा चन्द्र आचार्य सहित विना राई, बाबुराम आचार्य, द्रोण बास्तोला, निराजन शर्मा, हेमराज शर्मा, डम्बु राई, सुनिल निरौला, विनोद कोइराला र मोहनकृष्ण निरौला उपस्थित थिए । प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन र चिकित्सक अभावको विषयमा हिमाल एफ.एम.ले पटक पटक रिपोटिङ गर्दै आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सल्यान महिनौ देखि डाक्टर विहीन 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार