समबेदना दिन कांग्रेस नेताहरु शेर्पा निवास पुगे

  हिमाल समाचार
6.2k Shares

काठमाण्डौँ । पितृ शोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा र उनका परिवारलाई समबेदना दिन कांग्रेसका नेताहरु काठमाण्डौँ कपनस्थित शेर्पा निवासमा पुगेका छन् ।

कांग्रेस नेता शेर्पाका पिता तथा सोलुखुम्बुका पुराना नेता नुर्बु वाङ्डा शेर्पाको निधनपछि शेर्पा परिवारलाई समबेदना दिन कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य एबं पूर्व राज्यमन्त्री गोबिन्द बहादुर शाह, केन्द्रीय सदस्यहरु जितजंग बस्नेत, मानसिंह महरा, प्रतिमा गौतम, युवानेता मनोजमणि आचार्य, पुर्व सचिव डा. योगेन्द्र कार्की, टानका पूर्व अध्यक्ष तथा कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला लगायतका नेता तथा सामाजिक व्यक्तित्व शेर्पा निवास पुगेका छन् ।

उनीहरुले स्वर्गीय शेर्पाको फोटोमा माल्यार्पण गर्नुका साथै शोकाकुल परिवारलाई समबेदना दिएका छन् । कलेजोको रोगबाट पीडित शेर्पाको अघिल्लो सोमबार साँझ काठमाण्डौमा निधन भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ का स्थायी बासिन्दा उनको पार्थिव शरिरको पौष १५ मा टेकुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार