सहमतिबाटै एमाले सोलुको नेतृत्व चयन, अध्यक्ष बने डुफ

  हिमाल समाचार
4.5k Shares

सोलुखुम्बु – पौष २३ देखि जारी नेकपा एमालेको सातौँ जिल्ला अधिबेशनले सहमतिबाटै नेतृत्व चयन गरिएको छ ।

निर्धारित मिति भन्दा एक दिन ढिला गरि महाधिबेशन सम्पन्न गरेको एमालेले डुफ कुमार बास्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको छ । अध्यक्ष बास्तोला नेचासल्यान गाउँपालिकाका प्रमुख पनि हुन् ।

तत्कालिन माओवादी केन्द्रसंगको एकताअघिको एमाले जिल्ला कमिटीमा उपाध्यक्ष रहेका बास्तोलाले नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बनेका थिए । अदालतको फैसलापछि पुर्ववत रुपमा फर्किएको केही समयपछि अध्यक्ष मानवीर राईले राजिनामा दिएर बास्तोलालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

नेकपा विवादको समयमा ओली पक्षघरमा देखिएका तत्कालिन माओवादीका नेता आश कुमार राई ‘शिशिर’लाई नै सातौँ अधिबेशनले सचिवको जिम्मेवारी दिएको छ । राईले पार्टी पुर्ववत रुपमा फर्केपछि पनि एमालेमै रहेर जिल्ला सचिव पद सम्हालेका थिए ।

आईतबार अबेर जुटेको सहमतिबाट हर्क बहादुर राई उपाध्यक्ष, दिपक राजभण्डारी र मिङमा शेर्पा उपसचिव बनेको एमाले नेचासल्यान अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए । पदाधिकारी अन्तरगतको केही पदमा आकांक्षि बढेपछि सहमतिकै लागि एकदिन बढि समय थपिएको थियो ।

 जिल्ला कमिटी ९० सदस्सीय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार