हिमाली सञ्चारको साधारण सभा सम्पन्न (फोटो फिचर)

  हिमाल समाचार
462 Shares

काठमाण्डौँ – पुर्वी नेपालकै सर्बोत्कृष्ट रेडियो स्टेशन हिमाल एफ.एम.को संञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडको आठौँ साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौमा आयोजित सभामा बार्षिक आयव्यय, प्रगति विवरण प्रस्तुत गरिएको छ भने शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

संविधान सभा सदस्य तथा हिमाली सञ्चारका शेयर सदस्य आङदावा शेर्पाले गुणस्तरिय र स्वस्थ सामाग्री उत्पादन तथा प्रसारणमा ध्यान दिन आग्रह गरे । नागरिकमैत्री विषयलाई बढवा दिदै विकसित प्रविधि अनकुल अघि बढ्न शेर्पाको सुझाव थियो ।

हिमाली सञ्चारका सल्लाहकार सदस्य तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीले हिमाल एफ.एम.को ग्रामिण लोकप्रियताले आफू सन्तुष्ट रहेको बताए । उनले सन्तुलित सुचना सम्प्रेषणमा नचुक्न आग्रह गरे ।

हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले सामूहिक प्रयासबाट मात्रै प्रगतिको रोडम्याप बन्ने बताए । उनले आगामी दिनमा सबै पक्षसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

हिमाली सञ्चारका कोषाध्यक्ष रोशनबाबु थुलुङले आर्थिक बर्ष २०७७–७८ को आम्दानी खर्च विवरणका साथै चालु आर्थिक बर्ष २०७८–७९ को अनुमानित आम्दानी खर्च प्रक्षेपण गरेका थिए ।

 

रेडियोको प्रगति विवरण प्रस्तुत गर्दै हिमाली सञ्चारका सचिव कर्मा शेर्पाले छोटो अवधिमा आफ्नै भवन र काठमाण्डौमा शाखा स्थापना गरेर गुणस्तरिय सूचना तथा मनोरञ्जनात्मक सामाग्री उत्पादन गर्न सफल भएको बताए ।

साधारण सभामा हिमाली सञ्चारका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले सन्तुलित सञ्चार सामाग्री उत्पादन तथा प्रसारणमा सदैव सजक रहेको र रहने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पुर्ण शक्ति र पक्षलाई सन्तुलित गरेकै कारण प्रगति सफल भएको दाबी गरे ।

संचालक समिति सदस्य दावागेलु पाख्रिन ‘राजु’ले स्वागत मन्तव्य राख्दै हिमाल एफ.एम.को प्रगतिको चर्चा गरे ।

सभामा लगानीकर्तालाई शेयर सदस्य प्रमाण–पत्र वितरण गरिएको छ । हिमाली सञ्चार लिमिटेडमा ९३ जना शेयर सदस्य रहेका छन् ।

 

 

 

 

 

 

फोटो – शिखर गजरकोटे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार