सोलुमा एरो नेटको अवैध काम, अनुमति विनै पोलमा फाईबर टाँग्दै

  हिमाल समाचार
2.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा एरो नेटले अनुमति विनै विद्युतका पोल पोलमा फाईबर तार टाँगेको छ ।

विद्युत प्राधिकरण तथा सल्लेरी च्याल्सा विद्युत कम्पनीको पोलमा अवैध रुपमा फाईबर टाँगेको पाइएको छ । जिल्लामा सेवा विस्तार गरेको एरोले सल्लेरी च्याल्सा विद्युत कम्पनीको क्षेत्र साल्मेदेखि गार्मा हुँदै दोर्पु लगायतका स्थानका पोलहरुमा फाईबर तार टाँगेको छ ।

विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले अनुमती विनै पोलमा एरो नेटले फाईबर टाँगेको बताए । अबैध कामका बारेमा कम्पनीले एरोलाई पत्रचार गरेपनि सम्पर्कमा नआएको बताए । पत्ताले देखि साल्मेसम्मका नेपाल विद्युत प्राधिकरणका पोलमा पनि फाईबर टागिएको छ ।

तर हाल सम्म सल्लेरी वितरण केन्द्र सँग अनुमती लिइएको छैन । सल्लेरी वितरण केन्द्रका अनुसार फिल्ड भिजिट भएपनि सम्झौता गर्न आएको छैन् । एरो नेटका प्रतिनिधि विरकाजी श्रेष्ठले सल्लेरी च्याल्सासंग सम्झौता पत्र तयार भएपनि सम्झौता गर्न ढिलाई भएको बताए ।

उनले सरकारले नयाँ कार्यविधि बनाउँदै गरेकाले अन्यौल भएकाले अनुमतिका लागि ढिलाई भएको बताए । उनका अनुसार प्राधिकरणको सल्लेरी वितरण केन्द्रसंग पनि सम्झौताको अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार