सोलुको जंगलमा ओखलढुंगाकी एक महिलाको शव फेला

  हिमाल समाचार
3.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको तिङ्लामा एक महिलाको शव फेला परेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित कडेनी झोडेनी सामुदायिक वनमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ की ४७ वर्षिया राधिका ठटालको शव फेला परेको हो । स्थानियले वनमा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोष्टमार्टमका लागि फाप्लु अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए । उनी २२ दिन यता बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनाबारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार