हिमालकर्मी भानुभक्त र आङफिन्जोले राखे विश्व रेकर्ड

  हिमाल समाचार  686 पटक हेरिएको

काठमाण्डौँ – विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट हिमालकर्मी भानुभक्त निरौला र आङफिन्जो शेर्पाले विश्व रेकर्ड राखेका छन् ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुन् भने पर्यटनविद् शेर्पा एफ.एम. संचालक समितिका उपाध्यक्ष हुन् । ‘पर्यटन र जनवायू परिर्वतनका असर’विषयक विश्वकै लामो रेडियो अन्तरवार्ता गत नोभेम्बर ८ र ९ गते हिमाल एफ.एम.को शाखा कार्यालय काठमाण्डौमा आयोजना गरिएको हो ।

निरौला र शेर्पाको दाबीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिएको छ । रेकर्ड होल्डर पत्रकार निरौलाले भने, ‘यो रेकर्डले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्नेछ । हाम्रो कामले रेकर्ड नेपालको पोल्टामा आएको छ । यो पनि देशको लागि राम्रो कुरा हो ।’

पर्यटन विद् आङफिन्जो शेर्पाले आफ्नो कोशिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे । ‘पर्यटन र जलवायू परिर्वतनको असर विषयमा विश्वकै लामो अन्तरवार्ताबाट जलवायू परिर्वतनको न्यूनिकरणमा विश्वको ध्यान आकृष्ट हुनुपर्छ भन्ने सन्देश दिन खोजेका थियौ । त्यो पुरा भएको महसुस गरेको छु ।’उनले भने ।

गिनिज बुक लेख्छ,
The longest radio interview is 25 hours 26 minutes and was achieved by Bhanu Bhakta Niraula and Ang Phinjo Sherpa (Both Nepal) in Kathmandu, Nepal, on 8-9 November 2021.

The world record for Longest Radio Interview was attempted at the studio of Himal FM 90.2 Mhz. Mr, Bhanu Bhakta Niraula is the Managing Director of Himal FM and a renowned journalist in Nepal.

Mr. Ang Phinjo Sherpa is a Tourism Expert and an activist working for the betterment of tourism sector in Nepal since last 3 decades.

Nepal is widely known for its natural beauty and is a hub for adventurous activities, mostly the expedition of their mountains.

गिनिज बुकको अफिसियल वेवमा हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार