पत्रकार माथि हातपात गर्ने पक्राउ

  हिमाल समाचार
4k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पत्रकार माथि हातपात गर्ने काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काँग्रेसको जिल्ला अधिवेशनको समयमा रिपोर्टिङमा खटिएका पत्रकार रमन बन र सुवास दर्नाल माथि हातपात गर्ने काँग्रेसका कार्यकर्ता २८ वर्षिय जिवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई माप्य दुधकोशी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । उनलाई आज म्याद थप गरि थप अनुसन्धान हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार