महाकुलुङ गाउँपालिका र इको हिमाल बीच सहकार्य

  हिमाल समाचार
476 Shares

सोलुखुम्बु – समुदायको सर्वपक्षिय विकासमा क्रियाशील इको हिमाल नेपाल र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।

जर्मन संस्था फार्मसिस उइथ आउट बोर्डरको सहयोगमा इको हिमाल र महाकुलुङ गाउँपालिकाले स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा ल्याउने छ ।

महाकुलुङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको अन्तरक्रियाबाट स्वास्थ्य समस्या पहिचान गर्ने र समस्याको आधारमा सरकारले उपलब्ध गराउने औषधी खरिद गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गर्ने, स्वास्थ्य संस्थामा आवश्यक मेसनरी सामाग्री खरिद र स्वास्थ्य संस्थाबाट निस्कने फोहोर व्यवस्थापनमा काम गर्ने गरि कार्यक्रम डिजाइन गरिएको इको हिमालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिए ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतिले कार्यक्रमले स्वास्थ्य क्षेत्रको स्तरियता निर्धारण र सेवा प्रवाहमा स्थानीय सरकारलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले महाकुलुङबासीको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण टेवा पु¥याउने बताए ।

तीन बर्षे कार्यक्रमको बजेट ५८ लाख ७९ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार