सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी र आसपासको क्षेत्रमा विद्युत विरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले आर्थिक बर्ष २०७७–७८ मा झण्डै दुई करोड मुनाफा आर्जन गरेको छ ।
कम्पनीले सल्लेरीमा आयोजना गरेको २९ औँ बार्षिक साधारण सभामा प्रस्तुत गरेको आम्दानी खर्च प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ को तुलनामा ११.०३ ले मुनाफा बृद्धि भएको हो ।
कम्पनीले बार्षिक आम्दानी पनि बृद्धि गरेको छ । अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०७७–७८ मा आम्दानी ११.८९ प्रतिशतले वृद्धि भएको कम्पनीका अध्यक्ष डा. मिंमार ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार प्रति शेयर आम्दानी दुई प्रतिशतले बढेको छ ।
प्रतिशेयर आम्दानी १३.२२ बाट बढेर १५.४६ प्रतिशत पुगेको हो । प्रदेश नं १ नेकपा एमालेका प्रमुख सचेत तथा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको समेत उपस्थिती रहेको कार्यक्रममा कम्पनीका सेवा निवृत्त कर्मचारी रामेश्वर मास्के, अन्य कर्मचारीहरु कुलनारायण श्रेष्ठ, छविनारायण राजभण्डारी र दोर्जी जाङबु शेर्पालाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।