एकैदिन गार्मा माविका ४ आयोजनाको उद्घाटन र शिलान्यास

  हिमाल समाचार  785 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालयमा चारकोठे आईसिटी विद्यालय भवन उद्घाटन संगै विद्यालय घेराबार, दुई कोठे भवन र महिला छात्रावास भवनको शिलान्यास गरिएको छ ।

बिहिबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांङबु शेर्पाले उद्घाटन तथा शिलान्यास गरेका हुन् । आईसिटि चारकोेठे विद्यालय भवन २०७२ सालको भुकम्प पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई शिक्षाको ६९ लाख ५० हजार बजेटको लगानीमा निर्माण गरिएको प्रधानाध्यापक विनोद सिंह तामाङले जानकारी दिए ।

सोलुदुधकुण्ड नगरपालिकाको २० लाख बजेटमा काम हुने विद्यालय घेराबार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख बजेटबाट निर्माण हुने दुई कोठे भवनको मेयर शेर्पाले शिलान्यास गरेका हुन् । त्यस्तै, सोलुखुम्बु सहित बाहिरी जिल्लाका विद्यार्थी समेत अध्यापन गराईरहेको विद्यालयमा महिला छात्रावास भवनको समेत शिल्यास गरिएको हो ।

छात्रावासको भवन हिमालयन केयर फाउण्डेसनले निर्माण गर्नेछ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले गार्मा मावि सर्बपक्षिय साझा शैक्षिक चौतारी भएको बताउँदै विद्यालयको भौतिक र शैक्षिक गुणस्तरियताका लागि निरन्तर सहयोग गर्दै जाने बताईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले विद्यालयमा भएका समस्या समाधान गर्दै आर्थिक विपन्नता भएका बालबालिकालाई अध्यापन गराईरहेको बताए ।

उनले विज्ञान प्रविधिको युगमा प्रविधिलाई विद्यार्थीले सानै उमेरबाट बुझन सक्ने बनाउनका लागि प्राविधिक शिक्षालाई जोड दिईएको बताए । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष लालमान श्रेष्ठ, नगर पालिका प्रबक्ता सरदामाया तामाङ, नगरपालिका सदस्य गान्धिमाया तामाङ र सरीता राई लगायतले विद्यालयले शैक्षिक सुधारका लागि गरेको कोशिसको प्रसंसा गरेका थिए ।

कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय, अविभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार