कुमार प्रयासको ‘हिम्पी’ (भिडियो)

  हिमाल समाचार
1.6k Shares

काठमाण्डौँ । ‘हिम्पी’संगीत पारखिको लागि नयाँ शब्द हो । थुलुङ ,राई समुदायको भाषामा ‘कान्छी’लाई ‘हिम्पी’ भन्ने गरिन्छ । सोही शब्दलाई गायक कुमार प्रयासले गीतमा प्रयोग गरेका छन् ।

उनले गीतको नाम नै ‘हिम्पी’राखेर सार्वजनिक गरेका छन् । ज्योप्पा म्यूजिकमार्फत सार्वजनिक गीतमा गायक प्रयासकै शब्द र संगीत रहेको छ । थुलुङ भाषामा ज्योप्पाको अर्थ सबैभन्दा राम्रो भन्ने लाग्छ ।

रंकाशु स्टुडियोमा रेकर्ड गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ देवेश राईले गरेका छन् । सुरज तामाङको निर्देशनमा तयार नग्मा श्रेष्ठ, सञ्जिव नाछिरिङ र कुमार प्रयासले अभिनय गरेका छन् । सरल कथामा प्रस्तुत गरिएको गीतको भिडियोमा गीतको भाव अनुसार वियोगलाई प्रस्तुत गरिएको छ । विशाल थापाले छायांकन गरेको भिडियो सम्पादन सनम मगरले गरेका हुन् ।

सोलुखुम्बुको लोखिममा जन्मेका गायक प्रयासले यसअघि पनि आधा दर्जन बढि गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । उनका ‘ऋणै ऋणको भारी बोक्दै’, ‘मिठुको भट्टी पसल’, ‘जुनको आँशु’, ‘प्रवेश निषेध’लगायतका गीत दर्शक स्रोताले मन पराएका छन् । उनको कम्पोजिसनमा ‘परेलीको बाटो हुँदै’बोलको गीत गायिका श्रेया राईले गाएकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार