सुस्मा राईको ‘विश्वासको घर’

  हिमाल समाचार  331 पटक हेरिएको

काठमाण्डौँ । इश्वर चाम्लिङको गीत र शिव संगम राईको संगीतमा तयार भएको आधुनिक गीत ‘विश्वासको घर’डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा शिव संगम राई र सुस्मा राईले स्वर रेकर्ड गराएका छन् । गीतकार चाम्लिङ र गायिका राई वेलायतमा छन् ।

त्रिताल स्टुडियोमा रेकर्ड गीतमा सुन्दर लामाले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन् । जस बहादुर राई (जसु)को निर्देशनमा तयार भएको भिडियोमा प्रविण डिसी र प्रिया रानि लामाको फिचर्ड रहेको छ भने अम्रित चाँपागाईको सम्पादन र अनिल के मानन्धरको छायांकन रहेको छ ।

मिलन कटवाल निर्माता रहेको गीतको भिडियो पोष्ट प्रोडोक्सन जनता डिजिटल फिल्मसले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार