सोलुखुम्बुमा तीन कोरोना संक्रमित, प्रशासनको कडाइ

  हिमाल समाचार
4.3k Shares

सोलुखुम्बु – लामो समयदेखि कोरोना संक्रमण शुन्य रहेको सोलुखूम्बुमा फेरी संक्रमित देखिन थालेका छन् । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा अहिले ३ जना कोरोना संक्रमित रहेका छन् । ति मध्ये दुई संक्रमित होम आईसोलेसनमा छन् ।

एक जना भने जिल्ला अस्पताल फाप्लुमा रहेका छन् । यसैबीच, सोलुखुम्बु जिल्लामा २५ जना भन्दा बढि भेला हुन रोक लगाईएको छ । विश्वमा कोरोना संक्रमण फेरी फैलिन थालेको कारण जिल्लामा २५ जना सम्मले स्वास्थ्य सावधानी अपनाएर काम गर्न पाउने तर त्यो भन्दा बढि भेला हुन नपाईने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

माघ ७ गते देखि लागु हुने गरि सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रंगशालामा खोप कार्ड अनिवार्य गरिएको छ । खोप कार्ड देखाएपछि मात्रै प्रवेश पाईने छ । खोप कार्ड हराएमा नजिकैको खोप केन्द्रमा गएर प्रतिलिपि बनाउन प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । साथै, विद्यालय सञ्चालन तथा पठनपाठनका लागि शिक्षा मन्त्रालयबाट जारी सुचना अनुसार गर्न, हाटबजारमा स्थानिय उत्पादन मात्रै बिक्रि वितरण गर्ने प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार