रीड नेपालले दियो सोलुुखुम्बुका ३७२ शिक्षकलाई तालिम

  हिमाल समाचार
672 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ३७२ जना शिक्षकलाई एकिकृत पाठ्यक्रम सिकाइ सहजीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रीड नेपाल० को आयोजनामा जिल्ला ७ स्थानिय तहका आधारभूत तह (कक्षा १–३) का शिक्षकलाई तालिम प्रदान गरिएको हो ।

सरकारले कक्षा १ देखि ३ को पाठ्यक्रम परिवर्तन गरेपनि तालिम नपाउदा शिक्षणमा जटिलता थपिएको गुनासो आएपछि तालिम संचालन गरिएको रीड नेपालले जनाएको छ । एकीकृत पाठ्यक्रम २०७६ मा निर्माण भए पश्चात शैक्षिक सत्र २०७७ देखि कक्षा १ मा र २०७८ देखि कक्षा २ र तीन कक्षामा मुलुकभरका सामुदायीक विद्यालयमा लागु भएको छ ।

नयाँ एकीकृत पाठ्यक्रम अनुसार सिकाइ सहजीकरण गर्न कठिन भएको र शिक्षकले तालिमको माग राखेपछि स्थानीय सरकारको शिक्षा शाखासँगको समन्वयमा तालिमको आयोजना गरिएको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले बताए ।

जिल्लाका माप्य दुधकोशी गाउँपालिकाको ३० विद्यालयको ८० जना, सोताङ गाउँपालिकाको ७ विद्यालयको २१ जना, महाकुलुङ गाउँपालिकाको ९ विद्यालयको २७ जना, थुलुङ दुधकोशी गाउँपालिकाको ४८ विद्यालयको ७५ जना, सोलुदुधकुण्ड नगरपालिकाको २१ विद्यालयको ६३ जना, नेचासल्यान गाउँपालिकाको २१ विद्यालयको ६० जना र लिखुपिके गाउँपालिकाको २२ विद्यालयको ४६ जना गरि ३७२ जना शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सिकाइ सहजीकरण तालिम प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए ।

जिल्लामा रीड नेपालले पु¥याएको योगदानको प्रशंसा गर्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले तालिमले शिक्षण सिकाईका लागि ईट्टा थप्ने काम गरेको बताईन् । तालिम प्राप्त गरेपछि शिक्षकहरुले खुसी व्यक्त गरेका छन् । माप्य दुधकोशी गाउँपालिका –४ स्थित अमरज्योति आधारभूत विद्यालयका शिक्षक कुमार सिंह बस्नेतले गत वर्षबाट नै नयाँ पाठ्यपुस्तक आएपनि तालिम नपाउदा पुरानै शैलीबाट पठनपाठन गर्दै आएकोमा तालिमले सिकाइ सहजीकरणका लागि सहयोग पु¥याएको बताए ।

सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मा माविका शिक्षक मैना घिमिरेले मूल्यांकन प्रक्रियामा आफूलाई असहज भइरहेको र विषय क्षेत्र अनुसार एक अर्को विषय सँग एकीकृत गर्न अन्यौल भइरहेको अवस्थामा तालिमले स्पष्ट पारेको बताईन् ।

समय अनुसार परिवर्तन हुँदै गएको पाठ्यक्रमबारे शिक्षक जानकार भएमा मात्रै कक्षा कोठामा सिकाइ प्रभावकारी हुने भएकाले तालिम निकै उपलब्धि मुलक बनेकोमा सोलखुुम्बुको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले रीड नेपाललाई धन्यवाद दिए ।

प्रत्येक स्थानिय तहमा सञ्चालन गरिएको तालिममा नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषयलाई समेटेर नयाँ एकीकृत पाठ्यक्रम अनुसार सक्षमता, सिकाइ उपलब्धी, जीवनोपयोगी सिप, एकीकृत सिकाइ सहजीकरण प्रक्रिया, शिक्षण विधि, मूल्यांकनलाई समेटेर तालिम प्रदान गरिएको रिड नेपालका शिक्षा विकास संयोजक गिरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार