माओवादी केन्द्रको अगुवाइमा नेचासल्यानमा शैक्षिक सुधारका सवालमा अन्तरक्रिया

  हिमाल समाचार
476 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ र २ सल्यानमा नेकपा माओवादी केन्द्र गाउँपार्टी कमिटिको आयोजनामा शिक्षा सुधारको खोजिको विषयमा प्रधानाध्यापक सँग शैक्षिक अन्तरक्रिया गरिएको छ ।

संघीयतापछि शिक्षा क्षेत्रको अबस्था, स्थानीय सरकार र शिक्षा क्षेत्रको नितिगत तथा व्यवहारिक सम्बन्ध, सहजता र जटिलता साथै समाधानका उपाय र राजनीतिक दलहरुको भुमिकामा केन्द्रीत अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा दुधकोसी बहुमुखी क्याम्पस सल्यानका प्राचार्य रामनारायण झा, महेन्द्रोदय मावि सल्यानका प्रधानाध्यापक कृष्ण बहादुर बस्नेत, भुमेश्वरी माबि नेचासल्यान १ का प्रधानाध्यापक शिव बहादुर बस्नेत लगायतका विभिन्न विद्यालयका प्रधानाध्यापकले शिक्षा सुधारका विषयमा आफ्नो विचार राखेका थिए ।

माओवादी केन्द्रका नेचासल्यान गाउँपार्टी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रियामा एकीकृत अखिल क्रान्तिकारी शिक्षक सगठंन सोलुखुम्बुका इन्चार्ज केसर राई, माओवादी नेचासल्यान गाउँपार्टी उपाध्यक्ष सुवास राई, सचिव वियस राई, सहसचिव तेज राई, अखिल क्रान्तिकारीका जिल्लाअध्यक्ष कुमार कटेल, नेचासल्यान २ का वडा कमिटी अध्यक्ष डिक बहादुर राइ लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार