सोलुमा आँखाको उपचार सेवा लिनेको संख्या १० हजार भन्दा बढि

  हिमाल समाचार
644 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा एक वर्षमा १० हजार भन्दा बढिले आँखाको सेवा लिएका छन् ।

सन् २०२१ मा १० हजार ७५२ जनाले सेवा लिएका हुन् ।

जिल्ला सामुदायिक आँखा केन्द्रबाट ४ हजार ३ सय, ग्रामिण आँखा केन्द्रबाट १ हजार ३९५, सामुदायिक आँखा शिविरबाट ४ हजार ५४७ , शल्यक्रिया आँखा शिविरबाट १ हजार १०४, स्वयसेबिका मार्फत ५८२ जनाले सेवा लिएको सामुदायीक आँखा केन्द्र सोलुखुम्बुका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

जसमध्ये जिल्ला सामुदायिक आँखा केन्द्रमा १२४ जनाको सामान्य शल्यक्रिया र आँखाको नानीमा गडेको फोहोर निकालिएको थियो ।

त्यसैगरी फाप्लु र खुन्देका साथै खोटाङको जाल्पामा संचालित शल्यक्रिया आँखा शिविरबाट २५६ जनाको मोतिबिन्दुको शल्यक्रिया र ६ जनाको अन्य गरि २६२ जनाको शल्यक्रिया भएको थियो ।

सन् २०२१ मा सोलुदुधकुण्ड नगरपालिका भित्रका ७२ जना शिक्षकहरुलाई आधारभुत आँखा उपचार तालिम र ८१ जना स्वयंसेविकाहरुलाइ रिफ्रेसर तालिम प्रदान गरिएको सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार