शैक्षिक सुधारको खोजी गर्दै प्रध्यानाध्यापकबीच अन्तरक्रिया

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु  – नेकपा माओवादी केन्द्र नेचासल्यानमा शिक्षामा सुधारको खोजी विषयमा प्रध्यानाध्यापकहरुसंग शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।

पौष ३० गते नेचासल्यान १ र २ सल्यान क्षेत्रका प्रध्यानाध्यापकसंग अन्तरक्रिया गरेको माओवादी केन्द्रले आज नेचासल्यान ३, ४ र ५ का प्रध्यानाध्यापकसंग अन्तरक्रिया गरेको हो ।

संघीयता पछि शिक्षा क्षेत्रको अबस्था, स्थानीय सरकार र शिक्षा क्षेत्रको नितिगत तथा व्यवहारिक सम्बन्ध,सहजता र जटिलता, समाधानका उपाय, शैक्षिक सुधारमा राजनीतिक दलहरुको भुमिका लगायतका विषयमा अन्तरक्रिया संचालन भएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिएका छन् ।

अन्तरक्रियामा केदार माबिका प्रधानाध्यापक एकराज शर्मा, हिमाल दर्शन माबिका प्रधानाध्यापक असोक कुमार शर्मा, गणेशस्थान माबिका प्रधानाध्यापक टारकुमार आचार्य लगायत अन्य आधारभूत विद्यालयका प्रध्यानाध्यापकहरुले शिक्षामा सुधारको खोजी बिषयमा अन्तरक्रिया नयाँ कार्यक्रम भएको भन्दै यो कार्यक्रमलाई परिणममुखि बनाउन तर्फ उद्यत हुनुपर्ने बताएका छन् । प्रध्यानाध्यापकहरुले विभिन्न शैक्षिक समस्या र सुधारका लागि गर्न सकिने कामका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।

शहीद कुसुम स्मृति प्रतिष्ठानको सभा हलमा सम्पन्न अन्तरक्रियामा माओवादी केन्द्रको तर्फबाट माओवादी केन्द्र सोलुखुम्बुका शिक्षा बिभाग इन्चार्ज केसर बहादुर राई, माओवादी केन्द्र नेचासल्यान गाउँ पार्टी समितिका उपाध्यक्ष दोय सुवास राई र सबिना राई, सचिव वियस राई, सहसचिव तेज राई, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कुमार कटेल, गाउँ कमिटी सदस्य डिल्ली घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया माओेवादी नेचासल्यानका अध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार