उत्तर कोरियामा सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र परीक्षण

  हिमाल समाचार
0 Shares

काठमाडाैँ- उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ।

स्थानीय समाचारअनुसार आइतवार बिहान ७:५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।

जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन्।  यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौँ क्षेप्यास्त्र हो।

तर उत्तर कोरियाले प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ।

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन्।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ तथा कडा प्रतिबन्धहरू लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार