खुम्बुका नागरिकले गरे नमोबुद्ध क्षेत्रको करिब ७ टन फोहोर संकलन (फोटो फिचर)

  हिमाल समाचार
6k Shares

काठमाण्डौँ – खुम्बुका नागरिक बौद्धधर्मालम्बीहरुको धार्मिक स्थल नमोबुद्ध पुगेर सरसफाई गरेका छन् ।

नाम्चे यूवा समूह र नाम्चे महिला समूहको आयोजनामा आयोजना गरिएको सरसफाई कार्यक्रमबाट नमोबुद्ध क्षेत्र आसपासमा बर्षौदेखि फालिएका करिब ७ टन फोहोर संकलन गरिएको छ । कार्यक्रममा ८३ जनाको सहभागीता रहेको थियो ।

चिसो छल्न खुम्बुबाट काठमाण्डौँ पुगेका खुम्बुका नागरिकले धार्मिक स्थल सरसफाई कार्यक्रमको आयोजना गरिएको नाम्चे यूवा समूहका सांस्कृतिक संयोजक छिमीकाल्देन शेर्पाले जानकारी दिए । पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने गरि व्यवस्थित रुपमा संकलित फोहोर नेम्सेम्याक संस्थाको एउटा ट्रक र नमोबुद्ध नगरपालिकाको एउटा ट्रकबाट व्यवस्थापनको काम गरिएको छ ।

सरसफाइमा नमोबुद्ध गुम्बाका लामाहरु पनि सहभागी थिए । तीन वटा बसमा नमोबुद्ध पुगेका अभियान्ताहरुको सरसफाई कार्यक्रमलाई सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि), नाम्चे लज तथा होटल एसोसियसन, नाम्चे खानेपानी, नाम्चे गोन्दा व्यवस्थापन समितिले सहयोग गरेको थियो ।

उनीहरु विहान ८ देखि अपराहन्न ४ बजेसम्म नमोबुद्ध क्षेत्र सरसफाइमा जुटेका थिए ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार