सल्लेरीमा सम्पन्न ब्याटमिन्टन प्रतियोगितामा को को भए विजयी ?

  हिमाल समाचार
686 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड युथ क्लव र सोलुखुम्बु ब्याटमिन्टन संघको संयुक्त आयोजनामा मैत्रीपुर्ण खुल्ला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

फाल्गुन ११ देखि १३ सम्म कवर्ड हलमा सञ्चालन गरिएको प्रतियोगीता अन्तरगत २० बर्ष मुनिको पुरुष इभेन्टमा आशिष खनाल प्रथम भएका छन् । सगुन कार्की द्धितीय बन्दा संयोग बस्नेत र सुमन कुलुङ तृतीय बने । त्यस्तै, महिला डबल खुल्ला इभेन्टमा अस्मि राई र निलम राई प्रथम, बिनिता राई र माया राई द्धितीय भएका छन् भने बुलबुल पौडेल र भारती राई, दीपसिखा राई र प्रेमु राई तृतीय भएका छन् ।

मेन्स डबल इभेन्टतर्फ दावा शेर्पा र ग्याल्जेन शेर्पा प्रथम हुँदा अर्जुन श्रेष्ठ र विपिन राईले द्धितीय स्थानमा चित्त बुझाए । सो इभेन्टमा सरोज राई र रेगन राई, छिरिङ दावा तामाङ र रविन खत्री तृतीय भएका छन् । मास्टर डबल पुरुष इभेन्टतर्फ रघु खनाल र फुर्वा ग्याल्जेन शेर्पा प्रथम बने । नाम्गेल शेर्पा र ल्हाक्पा शेर्पा द्धितीय बन्दा निर्मल श्रेष्ठ र तुला मगर, विजय कार्की र लेख बहादुर कार्की तृतीय भएका छन् ।

२० बर्ष मुनि संयोग बस्नेत, महिला डबल खुल्लामा पासाङ शेर्पा, मेन्स डबलमा ग्याल्जेन शेर्पा र मास्टर डबलमा फुर्वा ग्याल्जेन शेर्पा उत्कृष्ट खेलाडी घोषित भएका छन् । विजेता समूहलाई नगद पुरस्कारको साथमा प्रमाण–पत्र वितरण गरिएको आयोजक सोलुदुधकुण्ड युथ क्लबले जनाएको छ ।

प्रतियोगीतामा ४८ टिम सहभागी बनेको थियो । जुन अहिलेसम्म जिल्लामा आयोजित प्रतियोगीतामध्ये सबैभन्दा बढि हो । यसले पनि सोलुखुम्बुमा ब्याटमिन्टन खेल फस्टाउदो देखाउदछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार