सुकेपोखरी पर्यटन गुरुयोजनाको काम शुरु, अध्यक्ष राईले गरे शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको करिब ५ करोड लागत साझेदारीमा कार्यान्वयन शुरु गरिएको सुकेपोखरी पर्यटन गुरु योजनाको शिलान्यास गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख असिम राईले गुरुयोजना अनुसार सम्पन्न हुने कामको शिलान्यास गरेका हुन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, वडाअध्यक्षहरु प्रेम कुमार राई, राम सघर्ष किराँती, तिलक राई, भुपालसिंह राई लगायतको उपस्थिति रहेको थियो ।

थुलुङ दुधकोशी ५ जुबुमा अवस्थित सुकेपोखरीको पर्यटन गुरुयोजना अन्तरगत सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड र स्थानीय सरकारले २ करोड लगानी गर्ने छ । सुकेपोखरीलाई त्रि–धार्मिक स्थलको रुपमा विकास गर्ने द्येयले किराँत, बौद्ध र हिन्दु धर्मालम्बीको लागि विभिन्न संरचना निर्माण गरिनेछ ।

साथै थुलुङ दुधकोशी ५ जुबु स्थित कालिका आधारभूत विद्यालयमा निर्मित खेल मैदानको उद्घाटन गरिएको छ । गाउँपालिकाको ५ लाख बजेटमा निर्मित खेल मैदान गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार