सगरमाथामा बाटो बनाउन आईसफल डाक्टरको टोली आधारशिविर प्रस्थान

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमथाको आरोहणका लागि बाटो बनाउने आईसफल डाक्टरहरुको टोली आधार शिविर प्रस्थान गरेको छ ।

आरोहणको सिजन शुरुहुनै लाग्दा अनुभवि शेर्पा(आईसफल डाक्टर)हरुको टोली सगरमाथा आधारशिविर प्रस्थान गरेको हो । दशकौको अनुभव भएका आङसर्की शेर्पाको नेतृत्वमा ८ सदस्यीय टोली बाटो बनाउन नाम्चेबाट हिँडेको हो ।

डाक्टरहरुको टोलीलाई आवश्यक प्राविधिक उपकरणहरु सहित सगरमाथा प्रदुषण नियन्त्रण समितिले विदाई गरेको छ । उक्त टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साईत हेराए पश्चात सोही साईतको समयमा बाटो बनाउने काम शूरु गर्ने छ ।

सगरमाथाको दोस्रो आधार शिविरसम्म बाटो बनाउन २० दिनको समय लाग्ने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एससिसिसि)का उपाध्यक्ष लामाकाजि शेर्पाले जानकारी दिए । कोभिड महामारी मत्थर भएसँगै विदेशी पर्यटक घुम्न र हिमाल आरोहणका लागि नेपाल आउने क्रम शुरु भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार