सोलुका ६ स्थानीय तहसँग रीड नेपालको समिक्षा तथा समन्वय बैठक

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु – लामो समयदेखि सोलुखुम्बुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी सस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले सोलुखुम्बुका ६ स्थानीय तहसँग समिक्षा तथा समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

नियमित गतिविधिहरुको समिक्षा तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, बाल सुरक्षा नीतिका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा पालिकाका सबै शाखा प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

बैठकमा कार्यक्रममा स्थानीय सस्था, आमा समूह, नेपाल प्रहरी पनि उपस्थित थियो । फागुन २९ देखि सोलुदुधकुण्ड नगरपालिकाबाट शुरु भएको बैठक थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, नेचासल्यान हुँदै विहिबार माप्य दुधकोशी गाउँपालिकामा आयोजना गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७८ /२०७९ मा रीड नेपालद्वारा संचालित अहिलेसम्म भएका क्रियाकलाप र अब बाँकी क्रियाकलाप बारे रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारबालाले कोभिडको समयमा सिकाइलाई निरन्तरता दिन रीड नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । बैठकमा पछिल्लो समय वालविबाह, आत्महत्या, बलात्कार, साइबरक्राइम जस्ता समस्याहरु बढ्दै गएकोले यस्ता समस्या न्यूनीकरण गर्न स्थानीय सरकार र सामाजिक सस्थाहरुको भूमिका विषयमा पनि छलफल गरिएको थियो ।

रीड नेपालले विद्यालय तहमा यी विषयमा शिक्षक, अभिभावक, बालक्लबमार्फत सचेतना फैलाउने काम गरिरहेको रीड नेपालको सेफ गार्डिङ अफिसर लक्ष्मी श्रेष्ठले जानकारी गराइन् । छलफलका क्रममा स्थानीय तहका जनप्रतिनिधि तथा विषय शाखा प्रमुखहरुले आगामी बर्षमा पालिकाको कार्यक्रममा बाल सुरक्षा, लैंगिक समानता तथा सामाजिक समावेसीकरण लगाएतका लगायतका विषयलाई पनि समेट्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार