किराँत खालिङ विद्यार्थी संघले ‘व्यक्तित्व विकास तथा शैक्षिक अभिमूखिकरण’गर्ने

  हिमाल समाचार
567 Shares

काठमाण्डौँ । किराँत खालिङ विद्यार्थी संघ केन्द्रीय कार्य समितिले काठमाण्डौँमा ‘व्यक्तित्व विकास तथा शैक्षिक अभिमूखिकरण’संचालन गर्ने भएको छ ।

किराँत खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्षमा सीता कुमारी राईको प्रमुख आतिथ्यतामा चैत्र १२ गते शनिबार काठमाण्डौँ स्थित नवदुर्गा पाटी प्यालेसमा अभिमूखिकरण प्रशिक्षण संचालन गर्ने किराँत खालिङ विद्यार्थी संघका अध्यक्ष डोल्मा खालिङले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव कोपिला थुलुङ राई, अधिकृत अविलाल राई, शिक्षाविद् तथा सामाजिक अभियान्ता डा. रेणुका सोलु, भाषा तथा संस्कृतविद् विना खालिङ राई र पत्रकार प्रकाश खालिङ प्रशिक्षकको रुपमा सहभागी बन्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार