खुम्बुमा हवाई उडान प्रभावित

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा हवाई उडान प्रभावित बनेको छ । पछिल्लो १० दिन यता देशभरको मौसम प्रतिकुल हुँदा लुक्लामा हवाई उडान घटेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

विमान स्थलका एटिसी अफिसर खुम प्रसाद पौडेलका अनुसार अहिले लुक्लामा दैनिक १० देखि १२ वटा सम्म उडान रद्ध हुने गरेको छ । पर्यटकीय सिजन भएकाले लुक्लामा उडानको चाप अत्याधिक भएपनि मौसम अनुकुल नहुँदा दैनिक १० देखि १३ वटा मात्रै उडान हुने गरेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय विहानबाट मध्यन्न १२ बजे सम्म फाट्टफुट्ट उडान भएपनि मध्यन्नपछि अधिकांश उडानहरु रद्ध हुने गरेको पौडेलले बताए । उडान प्रभावित भएसँगै खुम्बु भ्रमणमा आउने पर्यटकहरु काठमाण्डौमै रोकिने गरेका छन् भने कतिपय पर्यटकहरु सडक मार्गबाट सल्लेरी हुँदै उकालो लाग्ने गरेका छन् ।

खुम्बुमा अहिले पर्यटकिय सिजन भएकाले हवाई मार्गबाट बाहिरिने भन्दा भित्रिने यात्रुको चाप अधिक रहेको छ । यो सिजन अंग्रेजी महिना मेको मध्य सिजन सम्म जारी रहने भएकाले अप्रिल तेस्रो साताबाट भने फर्किने यात्रुको चाप बढी हुने लुक्ला विमानस्थलले जनाएको छ ।

केहि दिन यता देशभरको मौसममा परिवर्तन आउँदा काठमाण्डौ र फाप्लु विचको हवाई उडानहरु समेत प्रभावित बनेको नागरिक उड्ययन प्राधिकरण फाप्लुले जनाएको छ । फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार