नेचासल्यान २ र माप्य दुधकोशी १ लाई तेस्रो अध्यक्ष कप रनिङ शिल्डको उपाधि

  हिमाल समाचार
378 Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा मुक्लीमा जारी तेस्रो अध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगीताको उपाधि नेचासल्यान २ र माप्य दुधकोशी १ ले जितेको छ ।

चैत २७ देखि जारी पुरुष तर्फको भलिबलमा सोताङ गाउँपालिकालाई हराउदै नेचासल्यान गाउँपालिकाले उपाधि उचालेको छ । थुलुङ दुधकोशी ७ देउसा तृतीय भएको छ भने थुलुङ दुधकोशी ६ मुक्लीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

महिला तर्फको भलिबलमा माप्य दुधकोशी ७ ले द्धितीय स्थान हात पारेको छ । थुलुङ दुधकोशी ७ देउसाको टिम तृतीय बन्दा माप्य दुधकोशीको टिमले सान्त्वनामा चित्त बुझाएको छ ।

विजेता टिमलाई एक लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, पचहत्तर हजार, पचास हजार र पच्चिस हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका सूचना प्रविधि अधिकृत शहदेव राईले जानकारी दिए । पुरस्कार गाउँपालिकाकी उपाध्यक्ष सविता राई, सामाजिक विकास संयोजक बुद्धिराज राई, खेल संयोजक तथा थुलुङ दुधकोशी ७ का वडाअध्यक्ष रामसघर्ष किराँती, निमिक्त प्रमुख प्रशासकीय अधिकृत उद्धव ढुंगानाले वितरणले गरेका थिए ।

सोही अबसरमा सोमबार साँझ सांगीतिक साँझ समेत आयोजना गरिएको थियो । सो साँझमा सुनिता थेगिम, कुमार प्रयास, विनोद विक्रम राई, सोनु लामा लगायतका गायकगायिकाले प्रस्तुती राखेका थिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार