नेचाली गजलकार शर्माको ‘बिरानो शहरमा’ (भिडियो)

काठमाण्डौँ । नेचाली गजलकार शान्ति शर्माको रचनामा ‘बिरानो शहरमा’ गजलको भिडियो सार्वजनिक गरिएको छ ।

चैत्र ११ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत सार्वजनिक गजलमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । गजलमा स्वरुपराज आचार्यको स्वर रेकर्ड छ ।

अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ भएको यस गजललाई प्रकाश मिश्रले मिक्सिङ तथा माष्टरिङ गरेका छन् ।

गजलको मर्म अनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको यस भिडियोमा महानायक राजेश हमालको साथमा गजलकार शान्ति शर्मा आफैँ मोडलिङमा देखिएकी छिन् । साथमा सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको जीवन्त अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार