सोलुखुम्बुमा निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा विहिबारबाट मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

जिल्लाका ६ स्थानीय तहको १० स्थानमा यसअघि संचालित शिविरबाट छनौट भएका ६५ जना र यहि शिविरमा पहिचान हुने मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिने जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

शिविरको पहिलो दिन २९२ जनाको आँखा परीक्षण समेत गरिएको छ । भोलिसम्म चल्ने शिविरको पहिलो दिन आज ७० जना मोतिविन्दुका विरामीको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौँ, सोलुदुधकुण्ड नगरपालिका, हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु, नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु र जिल्ला सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा शुरु शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. सृजना अधिकारीको टोलीले शल्यक्रिया गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार