ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले प्रकाशित गर्यो बार्षिक नतिजा

  हिमाल समाचार
784 Shares

सोलुखुम्बु – जिल्लाकै अग्रणी निजि क्षेत्रको विद्यालय ह्वाईटहिल्स ईग्लिस बोर्डिङ स्कुलले बार्षिक नतिजा प्रकाशन गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि अभिभावकहरु समेतको उपस्थितिमा नतिजा प्रकाशन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्मा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावकहरुसँग अन्तरक्रिया समेत गरिएको हो ।

विभिन्न सांस्कृतिक प्रस्तुती समेत सामेल कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले विश्वब्यापिकरणको युगमा अब ग्लोबल एजुकेसन कन्सेप्टमा जानु पर्ने आवश्यक्ता औँल्याए । उनले संसार सानो भएकाले बालबालिका जुन ठाउँमा गएर पनि टिक्न सक्ने बनाउन अभिभावकलाई शिक्षामा लगानी गर्न कन्जुस्वाई नगर्न आग्रह गरे ।

ह्वाईटहिल्स स्कुलले ब्यवसायीक भन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको भन्दै अध्यक्ष शेर्पाले बालबालिकाहरुलाई मोबाईल र इन्टरनेटको लतबाट टाढा राखिनु पर्नेमा जोड दिए । उनले अबका दिनमा विदेशी विद्यार्थी ल्याएर सिकाई आदान प्रदान गरिने समेत बताए ।

विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कक्षा उन्नतिको क्रममा पहिलो, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको थियो । नर्सरी देखि १२ कक्षा सम्म पढाई हुने विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार