नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशले १० जेठसम्म टिम छनौट गर्नुपर्ने

  हिमाल समाचार  111 पटक हेरिएको

काठमाडाैँ-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि आगामी जेठ १० गतेसम्म सात वटै प्रदेशले खेलाडी र टिम दर्ता गर्नुपर्ने भएको छ ।

नयाँ ऐनअनुसार सम्बन्धित प्रदेशले टिम छनौट गर्नुपर्ने छ राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रदेश राष्ट्रिय खेलकुद परिषद्को व्यवस्था नभएका प्रदेशमा मन्त्रालयले टिम छनौटको जिम्मेवारी पुरा गर्नुपर्नेछ । खेलाडी छनौटका लागि प्रदेशलाई राष्ट्रिय खेलकुद परिषद्ले बजेट उपलब्ध गराउनेछ ।

सात प्रदेश र ४ विभागिय टिम सहभागि हुने प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिने भएको छ ।

समावेश खेलहरुमा एथ्लेटिक्स, ब्याडमिन्टन, ह्याण्डबल, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, उसु, बास्केटबल, शारीरिक सुगठन, पौडी, कुस्ती, सफ्ट टेनिस, आर्चरी, फेन्सिङ, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, बुद्धिचाल, खोखो, कराते, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड रहेको नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य प्रकाश सुनुवारले जानकारी दिएका छन् ।

प्रतियोगिता गण्डकी प्रदेशको पोखरा रंगशालामा आगामी जेठ २२ देखि २८ गते सम्म हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार