सोलुखुम्बुमै पहिलो पटक अण्डा तथा दाना उद्योग खुल्यो

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा जिल्लामै पहिलो पटक अण्ड तथा दानाको डिपो विस्तार गरिएको छ । किसान दाना उद्योग प्रा.लि. चितवनले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा विहिबार आफ्नो डिपो स्थापना गरेका हुन् ।

यससँगै जिल्लामा सहज र गुणस्तरीय अण्डा र कुखुराको दाना उपलब्ध गराईने उद्योगले जनाएको छ । सोलुखुम्बुमा हाल काठमाण्डौ तथा तराईका विभिन्न स्थानहरुबाट अण्डा आयत हुदै आएको छ ।

जिल्लामा बार्षिक कति अण्डा खपत हुन्छ भन्ने यकिन तथ्यांक नभएपनि बाहिरबाट हप्तौ महिनौ लगाएर आयत गरिएको अण्ड गुणस्तरीय नहुँनका साथै महँगो समेत पर्न जाने उपभोक्ताहरु बताउँछन् । तर यहि उद्योग खुलेपछि गुणस्तरीय र सर्वसुलभ रुपमा अण्डा उपभोग गर्न पाईने आशा पलाएको उपभोक्ता टेक बहादुर बस्नेतले बताए ।

उनले भने – ‘अब जिल्लाबासीहरुले फ्रेस र सन्तुलित मुल्यमा अण्डा खान पाउने भए, यो एउटा खुसीको कुरा हो, साथै कुखुरा पालक किसानहरुलाई समेत दाना सटेजको समस्या सामना गर्न नपर्ने भयो ।’ देशकै ठुलो अण्डा र दाना उद्योगको रुपमा परिचित (दाउन्ने दाना एग्रो फाम) किसान दाना उद्योगले ओखलढुंगामा ११ औँ र सोलुखुम्बुको फाप्लुमा १२ औँ शाखाको रुपमा डिलर विस्तार गरेको छ ।

‘मेरो आफ्नै बेकरी उद्योग छ, मेरो उद्योगमा दैनिक दर्जनौँ अण्डा खपत हुन्छ, कुनै समय मैले अण्डा नभएकै कारण ग्राहकलाई भनेको समयमा उत्पादन दिन सकेको अनुभव पनि छ मसँग, साथै अन्य स्थानहरुबाट हप्तौँ लगाएर ल्याइएको अण्डा कुनै कुहिएको र कुनै गुणस्तरहिन समेत आउने गर्दथ्यो, अब त्यो समस्या झेल्नुपर्दैन भन्ने मलाई लागेको छ, यो एउटा खुसीको कुरा हो’–फाप्लुकी सारदा माया तामाङले भनिन् ।

चितवनमा मुख्य कार्यालय रहेको यस फामसँग हाल अण्डा उत्पादनका लागि ३ लाख भन्दा बढी कुखुरा रहेको छ भने दैनिक २ लाख ३२ हजार पिस भन्दा बढी अण्डा बिक्री गर्ने गरेका छन् । जिल्लामा नै डिलर स्थापना भएपछि पर्यटकिय जिल्ला सोलुखुम्बुमा अण्डाको मुल्य सस्तो हुनका साथै गुणस्तरको जिम्मा कम्पनीले लिने किसान दाना उद्योग प्रा.लि. चितवनका डाईरेक्टर विनोद पोखरेलले बताए ।

हाल सोलुखुम्बु सदरमुकाम सल्लेरीमा प्रति क्यारेट ५ सय देखि ५५० रुपैयाँ सम्ममा अण्डा बिक्री हुदैँ आएकोे छ । अन्य विभिन्न व्यापारीहरु मार्फत जिल्ला ल्याइएका अण्डा महँगो पर्नुका साथै लामो समयपछि जिल्ला आईपुग्दा गुणस्तरहिन अण्डा उपभोग गर्नुपर्ने बाध्यता समेत यहाँका उपभोक्तामा छ । जिल्लामै अण्डा र कुखुराको दानाको डिलर विस्तार हुनुले एकातिर उपभोक्ता र अर्को तर्फ कुखुरा पालक कृषकहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार