धर्मराजले पोखरेलले ल्याए कांग्रेसको चुनावी गीत (भिडियो)

  हिमाल समाचार
455 Shares

काठमाण्डौँ । अहिले निर्वाचनको माहौल छ । आसन्न बैशाख ३० मा स्थानीय तहको जनप्रतिनिधि छान्न स्थानीय तहको निर्वाचन हुदैँछ । सोही निर्वाचनमा मतदाता रिझाउन चुनावी गीतहरु एक पछि अर्को सार्वजनिक भइरहेका छन् ।

सोही क्रममा नेपाली कांग्रेस खोटाङका महाधिबेशन प्रतिनिधि धर्मराज पोखरेलले ‘चारतारे झण्डा फरर’बोलको चुनावी गीत सार्वजनिक गरेका छन् । पोखरेलकै यूटुव च्यानलबाट सार्वजनिक गीत एक नारायण भण्डारीले लेखेका हुन् भने गीतमा धर्मराज पोखरेल, सोनु घिसिङ, सुरेश र ज्ञानुको स्वर रहेको छ ।

गीतमा नेपाली कांग्रेसले व्यवस्था र अवस्था परिर्वतनमा खेलेको भूमिकाबारे चर्चा गरिएको छ । गायक पोखरेल मेयरको टिकट फिर्ता गर्ने नेता हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको टिकट पार्टी भित्रको किचलोकै कारण फिर्ता गरेका हुन् ।

उनी अहिले गठबन्धनका उम्मेदवार जिताउनका लागि चुनाव प्रचार समिति संयोजकको भूमिकामा क्रियाशील छन् । उनले यसअघि ‘देशै झलल’बोलको कांग्रेसको गीत पनि सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार